सांसद थापाको पुनर्बहालीविरुद्ध गण्डकीका सभामुख पुगे सर्वोच्च
फरकधार / २६ जेठ, २०७८

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै सभामुख नेत्रराज अधिकारीले निवेदन दर्ता भएका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध ३ वटा पुनरावलोकनका लागि निवेदन दर्ता भएको छ। गण्डकीका सभामुख अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर मागसहित 'भ्याकेट'को निवेदन दिएका हुन् ।

यस्तै थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल र गण्डकी प्रदेश सभा सचिवालयले पनि पुनरावलोकन माग गर्दै निवेदन दिएका छन् । आज दर्ता भएका ती तीनवटै निवेदनको पेसी बिहीबारका लागि तोकिएको छ।

सभामुख अधिकारीले राजमोको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए। त्यस निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्बहाली गरिदिएको थियो। 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १५:२९:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया