प्रदेश १ मा चेरे ढुंगा गिटी उत्खननको विरोध : घर डढाएर खरानी बेच्ने सपना
फाइल तस्बिर

प्रदेश एकको प्रदेश सभामा चुरे क्षेत्रको ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

प्रदेश सभामा बोल्ने अधिकांश प्रदेश सभा सदस्यहरूले चुरे दोहनले प्राकृतिक प्रकोप लगायतका समस्या आउने भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।  

प्रदेश सभाको आजको बैठकमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य हिमाल कार्कीले ढुंगा गिटी निर्यातले तराईका क्षेत्र मरुभूमि हुने भएकाले तत्काल सच्याउन माग गरे । 

उनले सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा प्राकृतिक सम्पदाहरू दोहन गर्ने र खानीजन्य पदार्थहरू उत्खनन गरेर घाटा न्यूनीकरण गर्न लिएको नीतिले समस्या निम्त्याउने बताए ।

प्रदेशसभा सदस्य राधा थापाले ढुंगा गिटी जथाभावी उत्खनन गर्दा जनता काकाकुल हुनुपर्ने बताइन् ।

प्रदेश सभाको मंगलबारको बैठकमा पनि प्रदेश सभा सदस्यहरूले ढुंगा गिटी उत्खननको विरोध गरेका थिए ।



प्रदेश १ का प्रदेश सभा सदस्यले सूर्यामाराज राईले ढुंगा गिट्टी उत्खनन् गरी निकासी गर्ने संघीय सरकारको नीति घर डढाएर खरानी बेच्ने सपना भएको टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्ष काँग्रेसका संसदीय दलका सचेतक राईले चुरे उत्खनन् गरेर त्यहाँको प्राकृतिक स्रोत साधनलाई भारततर्फ निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीतिले देशको भविष्य कता जाला भन्दै प्रश्न गरे । उनले अवैध रुपमा प्रकृतिक स्रोत साधनको दोहनका कारण चारकोसे झाडी क्षेत्रमा रहेका पानीको मुहान सुक्ने थालेको तथ्य प्रस्तुत गर्दै यसको संरक्षणतर्फ लाग्नु पर्नेमा उल्टो गतिमा अघि बढिरहेको आरोप लगाए ।



उनले प्रदेश २ सरकारले जस्तै प्रदेश १ सरकारले पनि चुरे संरक्षणका लागि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने सभामुख मार्फत् सरकारलाई आग्रह गरे ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १५:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया