मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

चन्द्रागिरि नगरपालिका ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिन्डर उत्पादन गर्ने बताइएको छ । चन्द्रागिरि नगरपालिका ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगका कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १७:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया