प्रदेश २ सरकारमा सहभागी हुनुअघि जसपा र कांग्रेसबीच दुईबुँदे सहमति
फरकधार / २६ जेठ, २०७८

नेपाली कांग्रेस प्रदेश २ सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टीबीच २ बुँदे सहमति भएको छ । सहमतिसँगै कांग्रेस सरकारमा सहभागिताका औपचारिक रुपमा सहमत भएको छ । 

जसपाको उपेन्द्र यादव पक्षको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत तथा नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण, संवद्र्धन र सुदृढीकरण गर्न जनता समाजवादी पार्टी नेपाल प्रदेश २ को प्रदेश सभा संसदीय दलको नेता मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस प्रदेश २ को प्रदेश सभा संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी हुने उल्लेख छ ।
 
त्यस्तै, प्रादेशिक आवश्यकता र विज्ञको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक र व्यवस्थित बनाई मन्त्रिपरिषद्को संख्या थपघट गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।
 
कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिहं मन्त्री बन्दै छन् । रामसरोजलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाइ एवं वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालयको जिम्मा दिइने आन्तरिक सहमति भएको स्रोतले जनाएको छ । मन्त्रीहरुको शपथ ग्रहण आजै साँझ साढे ७ बजे हुने बुझिएको छ । 

प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्यान तथा प्रदेश सभा मन्त्रालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय कायम गरिएको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १८:५५:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया