भारतमा दैनिक सङ्क्रमितको संख्या १ लाखभन्दा कम

भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या १ लाखभन्दा कम हुन थालेको छ । 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । 

लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या १ लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा १ दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो ।

त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार १ लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या २ करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।



मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ । 

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या २ करोड ७५ लाख ४ हजार १२६ रहेको जनाइएको छ । 



पछिल्लो २४ घण्टामा देशभरि कोरोनाका कारण कुल २ हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ३ लाख ५२ हजार ५२८ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १९:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया