मुम्बईमा भारी वर्षाका कारण भवन ढल्दा ११ जनाको निधन

छिमेकी राष्ट्र भारतको मुम्बईमा भएको भारी वर्षाका कारण एउटा भवन ढल्दा ११ जनाको निधन भएको छ । लगातारको वर्षाका कारण भवन ढल्दा थप १५ जना घाइते भएका छन् । 

बुधबार दिनभर परेको अविरल वर्षापछि मुम्बईको मलाड पश्चिमको मालवणी क्षेत्रमा राति ११ बजे बिल्डिङ ढलेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ । 

भवन ढल्दा पुरिएका तथा घाइते भएका १५ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । उद्धार गरिएका मध्ये गम्भीर घाइते रहेका ७ जनालाई अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

वर्षाका कारण ढलेको घरमा तीन परिवार बस्दै आएका र उनीमध्ये केही बालबालिका पनि रहेका बताइएको छ । ढलेको घर नजिकैका अन्य तीन बिल्डिङ पनि खतरामा रहेको भन्दै त्यहाँ बस्ने परिवारलाई स्थानान्तरण गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ७:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया