प्रदेश २ मा अधिकृतसहित २८ पदमा लोक सेवाले खुलायाे विज्ञापन

कोरोना महामारीकै बीच प्रदेश नम्बर २ मा उच्चदेखि तल्लो तहका २८ जना कर्मचारीका लागि आवेदन खुलेको छ । प्रदेश नम्बर २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको हो । 

प्रदेश लोक सेवा आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो । 

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन भएका पदका लागि योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने बताएको छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १०:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया