गण्डकी प्रदेशः सभामुखले राजीनामा दिने, कांग्रेसका कृष्णचन्द्र मुख्यमन्त्री बन्ने
फरकधार / २७ जेठ, २०७८

गण्डकी प्रदेश सभाको बैठक केही बेरमा सुरु हुँदैछ । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गरेपछि ३० मिनेटका लागि स्थगित भएको थियो ।

तर, उनको दल नेकपा (एमाले)सँग मात्र उनलाई पुग्ने विश्वासको मत छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् । तर, गण्डकीमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले गुरुङलाई नै साथ दिने बताइसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ । 

विपक्षी गठबन्धनले आफ्नो नेतृत्वको सरकार बनाउन र बहुमत पुर्याउन आवश्यक एक मतका लागि सभामुख नेत्रनाथ अधिकारीले सभामुख पदबाट राजीनामा दिनसक्ने समेत सम्भावना रहेको कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

सभामुख अधिकारीले राजीनामा दिएको खण्डमा कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्नेछन् ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १५:५३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया