सेयर बजार सामान्य अंकले वृद्धि

काठमाडौं –  धितोपत्र बजारमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार थामिएको सेयर बजार सामान्य अंकले मात्रै वृद्धि भएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २ सय ५८ दशमलब ८१ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कुल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता सेयर ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँमा खरिद–बिक्री भएको छ । 

बैंकिङ २ दशमलव १३, होटेल २५ दशमलव ९३ र फाइनान्स उपसमूहको १ दशमलव ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलव ७१, जलविद्युत् ४२ दशमलव १२, निर्जीवन बिमा ४२ दशमलव १२, उत्पादन ८ दशमलव १२, अन्य २ दशमलव ४२, माइक्रो फाइनान्स ९ दशमलव ४५ र जीवन बिमा १९ दशमलव ६१ बिन्दुले बढेको छ । 
 





  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार १७:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया