नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघेको छ। २०७७ माघ १० गते पहिलो पटक चीनबाट आएका एक युवकमा देखिएको संक्रमण डेढ वर्ष बित्दा ६ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको हो। 

जसमध्ये ५ लाख १५ हजार ५१५ जना निको भइसकेका छन्। हालसम्म नेपालमा ८२ सय ३८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामै ५ हजार २९३ जना निको भएका जनाएको छ।

पछिल्लो २४ घण्टाको विवरणले नेपालमा मृत्युदर सयभन्दा तल झरेको देखाएको छ। मन्त्रालयका अनुसार आज एकै दिन ५९ संक्रमितले ज्यान गुमाएका छन्। 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १७:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया