काठमाडौं उपत्यकामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ७६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये काठमाडौंमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जना रहेका छन् ।
यसै गरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् ।
देशभर अहिले ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।