कर्णालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु
फरकधार / २७ जेठ, २०७८

कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा उपचारको क्रममा सुर्खेतका पाँच र सल्यानका एक जनाको मृत्यु भएको हो । यससँगै हालसम्म कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या २८५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेको संख्या २६ हजार २४३ पुगेको छ  ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४५६ जना संक्रमित उपचार पछि निको भएका छन् । 

हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा ३ हजार ६४७ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 


 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:१:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया