दीपक मनाङे प्रदेशसभामा अनुपस्थित, जनमोर्चाका कृष्ण थापा तटस्थ बसे

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने क्रममा उनकै क्याबिनेटका सदस्य दीपक मनाङे अनुपस्थित भएका छन्। 

प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीले सत्तारुढ एमालेलाई छाडेर आफ्नो क्याम्पमा आएको प्रचार गरे पनि स्वतन्त्र सांसद गुरुङ मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा अनुपस्थित भइदिएका हुन्। 

उनी अनुपस्थित भएपछि प्रदेशसभामा विपक्षी दलको पक्षमा ३० मत र मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्रै परेको छ। त्यस्तै जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसिदिएका छन्। 

मुख्यमन्त्री संविधानत: पदमुक्त भएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि बोलाउनेछिन्। अब कुनै एक सांसदले आफूसँग बहुमतसहित प्रदेश प्रमुखकहाँ निवेदन दिनुपर्नेछ। 

यदि बहुमत पुगेमा नयाँ सरकार बन्नेछ। तर यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यदि विश्वासको मत लिन नसकेमा प्रदेशसभा विघटन भएर मध्यावधितिर धकेलिनेछ।

यसअघि कांग्रेस, माओवादी र जनमोर्चासहितका दल मिलेर गुरुङको सरका ढाल्न खोजेका थिए। उनीहरुले कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए। तर वैशाख २ मा अविश्वास प्रस्ताव पेश गर्दा मतदान नै भएको थिए।



सभामुख नेत्रनाथ अधिकारीले गत वैशाख १५ गते मतदान हुने कार्यसूची तय गरेको अवस्थामा जनमोर्चा सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। 

त्यसपछि वैशाख २७ मा प्रदेश सभा कार्य व्यवस्थाको बैठकबाट  अविश्वासमा मतदान तय गरिएको थियो। तर वैशाख २६ मै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए।



गुरुङको राजीनामापछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतसहित सरकारको दाबी गर्न विपक्षी गठबन्धनलाई समय दिइन्। तर बहुमत जुटाउन नसकेपछि गुरुङ नै मुख्यमन्त्री भए।

गत वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्री बनेका आज विश्वासको मत लिन संसद बोलाइएको थियो। तर उनी असफल भएपछि स्वत: पदमुक्त भएका छन्। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया