‘बागमतीको नीति तथा कार्यक्रम साहित्यकारको शब्दजाल जस्तो’
फाइल तस्बिर

बागमती प्रदेशका  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले बागमतीको नीति तथा कार्यक्रम साहित्यकारको शब्द जाल जस्तो भएको बताएका छन् । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता जमरकट्टेलले  नीति कार्यक्रम साहित्यकारको निबन्ध  जस्तो भएको बताए । 

उनले सुरुङ मार्गको कानुनी रूपमा औचित्य सकिसकेको अवस्थामा नीति तथा कार्यक्रममा आएकोमा आपत्ति प्रकट गरेका छन् । प्रदेशका पूर्व मन्त्री रहेका उनले प्रदेशवासीको हितमा नीति तथा कार्यक्रम नआएको भन्दै पास नहुने संकेत गरेका छन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया