पदभार ग्रहण गर्दै गृहमन्त्री अधिकारीले भने : भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने कम्प्रमाइज हुँदैन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिएका छन् । 

बिहीबार गृह मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका अधिकारीसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालयमातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न निर्देशन दिए । 

गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने उनले बताए । उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्छ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्रमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तीव्रता र सुशासनको खाँचो भएकाले जिल्लाभित्रको ढिलासुस्ती र अवरोधमा कठोर भएर उभिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र विभागीय प्रमुखहरुको उपस्थिति थियो ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १९:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया