शंकर पोखरेलको तर्क : यसकारण बादलसहितको एमाले आधिकारिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले राम बहादुर थापा बादलसहितका नेताहरुको नेकपा एमालेमा आधिकारिकता नखोसेको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले पूर्व माओवादी नेताहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटीले चयन गरेकाले उनीहरु आधिकारिक भएको बताए । 

पोखरेलले सामाजिक सञ्जालमार्फत बादलसहितका पूर्व माओवादी नेताहरु एमालेको वैधानिक केन्द्रीय सदस्य भएको बताए । 

मुख्यमन्त्री पोखरेलले अदालतले महाधिवेशन आयोजक समितिका विषयमा मात्रै आदेश गरेकाले बादलहरुलाई केन्द्रीय समितिमा ल्याएपछि बनेको महाधिवेशन समितिको मात्रै अस्तित्वमा प्रश्न उठेको बताए । 

पोखरेलले लेखेका छन्, 'आयोजक कमिटी गठन हुनुपूर्व नै केकको बैठकले बादलसहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससँग सम्बन्धित छैन ।'



 



  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ९:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया