नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक चर्चित तथा सफल अभिनेत्री रेखा थापाले चुनौतीको बेला अडान लिने मान्छेले मात्र पहिचान बचाउने बताएकी छन् । थापाले चुनौतीका बेला अडान लिन सक्नुपर्ने बताइन् ।
थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अडान लिने मान्छेले मात्र आफ्नो पहिचान बचाउने बताएकी हुन् । उनले समस्यासँग डटेर सामना गर्नुपर्ने बताइन् ।
नदीको बहावसँगै बग्ने ढुंगा बालुवा बनेर हराउने भन्दै थापाले नदीको विपरीत उभिने ढुंगाले नदीको धार नै परिवर्तन गरिदिने बताइन् । थापा लेख्छिन्, त्यस्तै गरी चुनौतीको बेला अडान लिने मान्छेले मात्र आफ्नो पहिचान बचाउँछ ।
नायिका थापा राजनीतिमा पनि झुकाव राख्छिन् । उनले विभिन्न राजनीतिज्ञहरूसँग वार्तालाप पनि गर्ने गरेकी छन् ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सार्वजनिक कार्यक्रममा कम्मर मर्काएपछि माओवादीतिर झुकाव रहेको आक्षेप लागेकी थापाले राप्रपाबाट पनि राजनीति गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।