बेलायतले १० करोड डोज कोरोना खोप सहयोग गर्ने
फरकधार / २८ जेठ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

बेलायतले गरिब राष्ट्रहरुका लागि १० करोडभन्दा बढी डोज कोरोना खोप सहयोग गर्ने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहयोगको घोषणा गरेका हुन् । 



जी सेभेन समिटको पूर्वसन्ध्यामा बेलायतले सहयोगको घोषणा गरेको हो । अबको एक वर्षमा १० करोड डोज कोरोना खोप विभिन्न गरिब राष्ट्रहरुलाई सहयोग गर्ने बेलायतको तयारी छ । 



सहयोगको ५० लाख डोज आगामी सेप्टेम्बरसम्ममा सहयोग गरिसक्ने भन्दै बेलायती प्रधानमन्त्री जोनसनले यो वर्षको अन्त्यसम्ममा २ करोड ५० लाख डोज खोप वितरण गरिने बताएका बिबिसीले लेखेको छ । 



बेलायतले सहयोग गर्ने खोप ९० भन्दाबढी गरिब मुलुकले पाउने भएका छन् । एसियाली तथा अफ्रिकी क्षेत्रमा गरिब तथा न्यून आय भएका राष्ट्र प्राथमिकतामा पर्ने बताइएको छ । 



प्रधानमन्त्री जोनसनले बेलायतको खोप कार्यक्रमको सफलताका कारण आफूसँग रहेका अतिरिक्त संख्याका खोपहरू सहयोग दिनसक्ने अवस्थामा रहेको बताएका समाचारमा उल्लेख छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार १०:५३:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया