अदालतको फैसला स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनुपर्छ : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका नेता सूर्य थापाले अदालतको फैसला स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनुपर्ने बताएका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत नेपालको राज्य प्रणालीले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको भन्दै अदालतको फैसला पनि त्यसैअनुरुप हुनुपर्ने बताए । 

थापाले कुनैपनि मुद्दामा पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात भन्ने र प्रतिकूल हुँदा रन्थनिँदै होस नै गुमाउने व्यवहार गलत भएको टिप्पणी गरेका छन् । 

सर्वोच्च अदालतले नेकपा एमालेको महाधिवेशन आयोजक समितिलाई अवैधानिक भनेपछि थापाले अदालतको फैसलामाथि टिप्पणी गरेका हुन् । उनले एकै माघले जाडो त जाँदैन भन्दै फैसलामाथि कटाक्ष गरेका छन् । 

 





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ११:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया