प्रदर्शनमा उत्रिएका नागरिक अगुवा बालुवाटारबाट पक्राउ
फाइल तस्बिर

बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत नागरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास अघि प्रदर्शनमा नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती लगायत २० जनालाई पक्राउ गरेका छ । उनीहरु  चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका थिए । 

उनीहरुले कानुनी बाटो छलेर सत्ताको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गरेसँगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका २० जना अगुवाहरुलाई कमलपोखरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ । 

निषेधाज्ञा तोडेर भीड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले भीडभाड गरेकाहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ११:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया