प्रदेशसभा बैठकमा सांसदले भने-'ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु’

बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएका छन्। 

सांसद नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका हुन्।  

प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तो सुकै सम्झौता गरेको आरोप उनले लगाए । ओलीलाई नरोके यो देश नरहने दावी वैद्यले गरे। ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो यो, कोही बन्न तयार छैन भने म बन्छु।’ 

यति भनेपछि  उनले विषय अन्त मोडेका थिए।  उनले राजेन्द्र महतोलाई नेपाली नागरिक हो की होइन भन्ने प्रश्न गरे । वैद्यको अभिव्यक्तिमा प्रदेश सभामा नियमापत्ति भने भएन ।  गोड्से  हिन्दु राष्ट्रवादका कट्टरपन्थी रहेका थिए । उनले  सन १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए।





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार १५:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया