अस्ट्रेलियाविरुद्धको खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुल्ताइरीले खेलमा नतिजाको वास्ता नगरी राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले भने, ‘हामीले अर्को खेल राम्रो गर्नुपर्ने छ । हाम्रा लक्ष्य नतिजाभन्दा पनि राम्रो खेल खेल्ने हो ।’
प्रशिक्षक अलमुल्ताइरीले खेल्ने शैलीमा फरकपन आएको भन्दै नेपालको खेल परिवर्तन भएको बताएका छन् । उनले यसअघिको प्रदर्शनले नेपाली फुटबल फ्यानलाई खुसी बनाएको प्रतिक्रिया दिएका थिए ।
आज हुने खेलमा नेपालबाट नयाँ खेलाडीले डेब्यु गर्ने कुरालाई समेत उनले संकेत गरेका थिए । नेपाली टिममा रहेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । तर, उनीहरुले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न बाँकी रहेको छ ।
उनले अस्ट्रेलिया जस्तो टिमसँग खेल्दा डेब्यु गर्न पाउनु नयाँ खेलाडीका लागि पनि ठूलो अवसर हुने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।