पहिलो हाफमै १० खेलाडीमा सीमित भएको नेपाल अस्ट्रेलियासँग पराजित
फरकधार / २८ जेठ, २०७८

फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा भर्खरै सकिएको खेलमा नेपाल ३–० ले पराजित भएको हो । 

नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । अस्ट्रेलियन खेलाडीलाई लडाएपछि खेलको ४५औँ नेपाली डिफेन्डर रोहित चन्द सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । 

खेलको छैटौँ मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । खेलको छैटौँ मिनेटमा अष्ट्रेलियाका कप्तान जर्सी नम्बर ७ का थिए।

३८ औँ मिनेटमा म्याथ्यु लेकीको पासलाई सदुपयोग गर्दै फ्रयान्क कारासिसले गोल गरेका थिए । 

अस्ट्रेलियाका लागि मार्टिन बोइलीले ५७औँ मिनेटमा तेस्रो गोल गरेका थिए। 

फिफा बरियताको ४१औँ स्थानमा रहेको अस्ट्रेलियाले ५ पटक विश्वकप खेलेको छ । पछिल्लो सन २०१८ मा विश्वकप विजेता फ्रान्सकै समूहमा थियो अस्ट्रेलिया । 

उसले पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको उसले दोस्रो खेलमा डेनमार्कसँग १–१ बराबरी र तेस्रो खेलमा पेरुसँग २-० को हार व्यहोरेको थियो ।

छनोटमा शतप्रतिशत जित निकालेको अस्ट्रेलिया ७ खेलबाट २१ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ ।  नेपालले ८ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा रहँदै छनोटको अन्त्य गरेको छ ।

 

  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार २३:३८:५०,   अन्तिम अपडेट : जेठ २८, २०७८ शुक्रबार २३:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया