बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्य दिएको अभिव्यक्ति विरोधमा एमाले कार्यकर्ताहरु उत्रिएका छन् ।
प्रदेश राजधानी हेटौंडामा बिहानैबाट एमाले निकट युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरिरहेका छन् ।
एमाले कार्यकर्ताहरूले हेटौंडाको मुख्य चोक बुद्धचोकमा सांसद वैद्यको पुत्ला जलाइएका छन् ।
उनीहरुले वैद्यका कारण प्रधानमन्त्रीको सुरक्षा चुनौती थपिएको भन्दै पक्राउ गर्न माग गरेका छन् । बुद्धचोकपछि बागमती प्रदेशसभा भवन अगाडी एमालेका विद्यार्थीले नारा जुलुस गरेका छन्।
बागमती प्रदेशसभा भवन वरिपरि अहिले बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरीको ठूलो टोलीले प्रदेशसभा भवनमा सुरक्षा दिइरहेको छ । शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए ।
आज ११ बजे बस्ने बागमती प्रदेशसभा बैठकमा माफी माग्ने वैद्यले बताइसकेका छन् । प्रदेशसभा बैठकका लागि सांसदहरु प्रदेशसभा भवन आउने क्रम सुरु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।