कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले कांग्रेसमा संघर्षमा मात्र नभएर आलोचनामा पनि हिंसालाई कुनै स्थान नहुने बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

शुक्रबार नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यले प्रदेशसभा बैठकमै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मार्न पर्ने र त्यसको लागि आफू तयार रहेको आशयको मन्तव्य दिएका थिए । 

सोही विषयमा थापाले कांग्रेसमा हिंसालाई कुनै स्थान नभएको बताएका हुन् । थापाले वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको भन्दै वैद्यले आफ्नो भनाइ फिर्ता लिने विश्वास व्यक्त गरे । 

थापाले लेखेका छन्, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन । मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ ।'

 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार ११:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया