प्रदेशसभा बैठकमै कांग्रेस सांसद नरोत्तमले मागे माफी

नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभामा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तिलाई लिएर प्रदेशसभा बैठकमै माफी मागेका छन् । 

वैद्यले प्रदेशसभा बैठकमा हिजो शुक्रबार दिएको आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन्।

सांसद वैद्यले आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति गलत रहेको महसुस भएको भन्दै प्रदेशसभा बैठकबाट आत्मालोचना गरेका हुन् । 

प्रदेश सांसद वैद्यले आफूले बोलेको कुराहरु गलत भएको महसुस गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन् । उनले आफ्नो अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् ।

प्रदेश सांसद वैद्यले शुक्रबार प्रदेशसभा बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्ने र कोही तयार नभए आफू तयार रहेको आशयको अभिव्यक्ति दिएका थिए । 






  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १२:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया