कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले दिउँसो २ बजे प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । 

कानुनतः बजेट ल्याउनुभन्दा १५ दिन अघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि बदलिँदो राजनीतिक घटनाक्रम र कोरोना महामारीका कारण सरकारले ढिला गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । 

ढिला गरी नीति तथा कार्यक्रम आएका कारण संसदमा पर्याप्त छलफल हुन सक्ने समय छैन । शुक्रबार मात्रै सरकारले प्रि-बजेटमाथिको छलफल सकेको छ । कोरोनाको महामारी रोकथाम, विकास निर्माणका कुराहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले बताइन् । 
 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १४:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया