विश्व बैंकले नेपालकाे उच्च शिक्षाका लागि ७ अर्ब सहयोग गर्ने घोषणा

विश्व बैंकले नेपालको उच्च शिक्षाका लागि ६० मिलियन (७ अर्ब २ करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व बैंकले विज्ञप्ति जारी गर्दै बैंकका बोर्ड अफ डाइरेक्टर्सले उक्त सहयोगको अनुमोदन गरेको बताएकाे छ । 

बैंकले नेपालको उच्च शिक्षा क्षेत्रमा सुधार, अनलाइन सिकाइको सुधार र गरिब तथा पिछडिएका विद्यार्थीका लागि सहयोग गर्ने हिसाबले सहयोग गर्न लागिएको विज्ञप्तिमा भनिएकाे छ ।

बैंकका कार्यक्रम प्रमुख मोहन अर्यालले कार्यक्रमको प्रमुख प्राथमिकतामा शिक्षाबाट बन्चित र कोरोना महामारीबाट पीडित विद्यार्थी रहेको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १४:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया