विपश्यनाबाट फर्किएपछि फलोअर्सलाई केकीको प्रश्न : आरामै त हुनुहुन्छ नि ?

केकी अधिकारी नेपाली चलचित्र र म्युजिक भिडियो चर्चित नाम हो । अभिनेत्री अधिकारीले आफैले निर्माण गरेको फिल्म पनि छ, कोहलपुर एक्सप्रेस ।

यस्तै, उनको सहलगानी रहेको रियालिटी शो कमेडी च्याम्पियन्स नेपालको पहिलो मौलिक र सफल कमेडी रियालिटी शो हो । यी विभिन्न गतिविधिसँगै केकी आफ्नो स्वास्थ्यमा पनि निकै सचेत रहेकी छन् । 

जसको छनक उनले विपश्यना शिविरबाट दिएकी छन् । केकीले भर्खरै १० दिने विपश्यना सकेर फर्किएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यसको जनकारी दिएकी छन् । 

पहिलो पटक विपश्यना ध्यानमा बसेको भन्दै केकीले आफूलाई अनौठो अनुभूति भएको बताएकी छन् । विपश्यनामा रहँदा आफूलाई आफ्ना समर्थक र फलोअर्सहरुको खुबै याद आएको पनि उल्लेख गरेकी छन् । 

केकीले लेखकी छन्, 'यहाँहरु साच्चै धेरै मेरो मन मस्तिष्कमा आउनुभयो । जीवनको अभिन्न पाटो भइसक्नुभएको रहेछ यहाँहरु ।' 

केकीले मनका धेरै कुरा साट्न बाँकी रहेको पनि बताएकी छन् । उनले लेखेकी छन्, 'साट्दै जानेछु । तर, त्योभन्दा अघि जान्न चाहन्छु, आरामै त हुनुहुन्छ नि ?'



 



  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १५:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया