सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : पूर्ण व्यवसायिक र उच्च मनोबलका साथ क्रियाशील रहनू

गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका काम कारबाहीबारे जानकारी पनि लिएका छन् । 

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडि बढिरहेको बताए । कोभिड र भूकम्पको समयमा सशस्त्र प्रहरीले खेलेका भूमिकाको अधिकारीले प्रशंसा गरे । 

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बलका लागि आवश्यक साधन श्रोत, जनशक्ति  र वृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने भन्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोबलका साथ क्रियाशील रहन निर्देशन दिए । 

गृहमन्त्री अधिकारीले सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको पनि प्रशंसा गरे । 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १७:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया