गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ५ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलसँगै ४ जना मन्त्रीलाई शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।
आज मन्त्री हुनेहरुमा कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ छन्।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबारै दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीका लागि उनको मात्रै दाबी निवेदन परेको थियो।
पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीसहित चार दल ३० सांसद र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ 'दीपक मनाङे'को समर्थनमा मुख्यमन्त्री भएका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।