विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवम् कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थामा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो।
बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद-जर्भोस व्यक्त गरेका छन्।
'मानव पूँजी विकास तथा सबल पुनर्निर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ', यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।