युरो कप : मैदानमै ढले डेनमार्कका फुटबलर एरिक्सन, हृदयघातको आशंका
फिनल्यान्ड र डेनमार्कबीचको खेल स्थगित

युरो कपको समूह 'बि' अन्तर्गत फिनल्यान्डविरुद्धको खेलका क्रममा डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेका छन्। 

इटालियन क्लब इन्टरमिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी कोपनहेगनमा भइरहेको युरो कप अन्तर्गत फिनल्यान्डविरुद्धको पहिलो हाफको ४३ औँ मिनेटमा मैदानमै ढलेका हुन्। 

बललाई हेड गर्न खोज्दा मैदानमै बेहोस भएर ढलेका २९ वर्षीय एरिक्सनको उपचारका लागि तत्कालै चिकित्सकसहितको टिम पुगेको थियो। उनलाई तत्कालै चिकित्सकहरुले मैदानमै बचाउने प्रयास थालेका थिए।

भिडियो

आफ्ना कप्तान मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा रूवाबासी चलेको छ। एरिक्सन ढलेपछि यी दुई देशबीचको खेल पनि स्थगित गरिएको छ।



युएईएफले चिकित्सा आपतकालका कारण जारी खेल स्थगित गरिएको जनाएको छ। डेनमार्कको कोपनहेगनमा जारी खेलका क्रममा एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो ।

खेलको ४३ औं मिनेटमा हेड गर्न खोज्दा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए। उनलाई मैदानमै सिपिआर दिइएको थियो। एरिक्सनलाई हृदयाघात भएको अनुमान चिकित्सकहरुले गरेका छन्। एरिक्सन ढल्दासम्म खेल गोलरहित बराबरी थियो। 



  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २३:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया