उपत्यकाका सिडियोहरुको बैठक बस्दै, निषेधाज्ञा १ साता थपिन सक्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा निर्णय लिनका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिँदै छ ।

आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा थप गर्ने अथवा हटाउने भन्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति, डिसिसिएमसीको बैठकले उपत्यकामा अब कम्तिमा एक साता निषेधाज्ञा थप गर्नका लागि सिफारिस गरेको थियो । सोही आधारमा अब एक साताका लागि निषेधाज्ञा थप गर्ने तयारीमा प्रजिअहरु रहेका छन् । 

तर, निषेधाज्ञा थप भएपनि अत्यावश्यक सेवासहित केही क्षेत्रहरु क्रमशः खुला गर्दै लैजाने प्रजिअहरुको तयारी छ । कृषि कर्मको सिजन भएकाले अहिले तत्कालका लागि कृषि सम्कन्त्री गतिविधिलाई सहज बनाउने तयारी रहेको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए । 

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेका भाडा पसल, पुस्तकालय, कस्मेटिक, फेन्सी पसलहरुका लागि समय पनि अब समय तोकेर सुचारु गराउने प्रशासनको तयारी छ । 

यस्तै, निजी सवारीमा जोरबिजोरको व्यवस्था गर्ने विषयमा पनि छलफल हुने तर खुला गर्ने सम्भावना कम भएको बताइएको छ । तर, सार्वजनिक सवारी भने अझै बन्द नै हुनेछन् । 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार ८:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया