गुगल रेटिना स्क्यानले पत्ता लगाउँछ मुटु रोग

गुगल र भेरिलीका वैज्ञानिकहरुले मानिसको मुटुको बिरामी भए नभएको थाहा पाउने एक तरिका पत्ता लगाएको छ । आर्टिफिशियल इन्टेलिजेन्स कम्पनीबाट विरामी व्यक्तिको आँखाको रेटिनाको स्क्यान गर्छ, र मुटुको विरामी पत्ता लगाउन सकिन्छ । 

कम्पनीको सफ्टवेयरले वास्तविक उमेर, रक्तचापसँगै व्यक्तिले धुम्रपान गर्छ कि गर्दैन भन्ने कुरा पनि पत्ता लगाउन सक्छ । 

गुगलको यस सफ्टवेयरले आँखाको रेटिनाको स्क्यान मुटुको विरामीका कारण बारेमा समेत बताउन सक्छ । यस एल्गोरिदमले डक्टरको मुटुसँग सम्बन्धित विरामीको उपचार गर्न सजिलो हुन्छ र समय समेत बचाउँछ । 

गुगल र वैज्ञानिकले यस एल्गोरिदमबाट करिब ३ लाख विरामीको मेडिकल डाटासेट तयार भएको बताएका छन् । यसमा आँखाको स्क्यानका साथै जनरल मेडिकल डाटासमेत रहेको छ । वैज्ञानिकले आँखाको स्याक्न गरेपछि यसको विश्लेषण गर्छन । गुगल एल्गोरिदममा दुई व्यक्तिको रेटिनाको इमेज प्रस्तुत गरियो । एक व्यक्ति ५ वर्ष देखि मुटु रोगी थिए भने अर्का व्यक्ति स्वस्थ थिए । गुगल एल्गोरिदमले दुवैको स्वास्थ्यको बारेमा समेत जानकारी दिन्छ । 

गुगल एल्गोरिदमले मुटु विरामीबाट पिडितलाई ७० प्रतिशत हृदयघात हुने खतरा रहेको बतायो । पछि रगत परिक्षण गरेपछि त्यो व्यक्तिमा ७२ प्रतिशत हृदयघातको खतरा रहेको थाहा भयो । 

यो रिसर्च ‘नेचर जरनल बायोमेडिकल इन्जिनियरिंग’ मा प्रकाशित भएको थियो । तर आँखाको स्क्यान गरेर स्वास्थ्यको बारेमा जानकारी दिन सजिलो छैन । वैज्ञानिकले मुटु रोगीको उपचार गर्न भन्दा पहिला यसको टेस्ट गर्नु पर्छ । यदि यो प्रविधि सफल भयो भने चिकित्सा क्षेत्रमै नयाँ क्रान्ति हुन्छ । 
 





  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ११:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया