के कारणले जन्मिन्छन् चार खुट्टा, चार हात भएका बच्चाहरु ?

एजेन्सी–भर्खरै भारतको गोरखपुरको सहजनवा गाउँमा चार खुट्टा, चार हात, दुई लिंग र एउटा टाउको भएको बच्चाको जन्म भयो । जन्म भएको केही दिनमा उनको निधन भयो । 

सरकारी अस्पतालमा १५ सेप्टेम्बरमा यो बच्चाको जन्म भएको थियो । परिवारले बताएअनुसार बच्चाको चार खुट्टा, दुई लिंग थिए, जसका कारण बच्चाले दिसापिसाव पनि गर्न सकिरहेको थिएन । 

भारतमा यस्ता बच्चाहरु विभिन्न किसिमका जन्मिरहेका हुन्छन् । कोही यसलाई भगवानको रुपमा मान्छन भने कोही अशुभ र अनौठो ठान्छन् । साच्चै यस्ता बच्चाहरु कुनै विरामी हुन् या अशुभ हुन् ?  

म्याक्स हस्पिटलका बाल रोग विशेषज्ञ डाक्टर कपिल भन्छन् यस्ता बच्चाको जन्म हुनु कुनै आश्चर्यको कुरा होइन । 

यो विषय जुम्ल्याहा बच्चाहरुसँग जोडिएको हुन्छ । आमाको गर्भमा अण्ड बनेपछि धेरै समस्याहरु उत्पन्न हुन सक्छन जसका कारण गर्भमा जुम्ल्याहा बच्चा पूर्णरुपमा विकसित हुन पाउँदैनन् । 

यस केसमा अण्डको जति भाग जोडिएको हुन्छ त्यति नै विकसित हुन्छ र अंग बन्छ । कुनै अण्ड पूर्णरुपमा दुई भागमा विभाजित नभएमा शरीरको अंग जोडिएको बच्चा जन्मिन्छ । 



डाक्टर कपिलका अनुसार आमाको गर्भमा अण्ड पूूर्ण रुपमा दुई भागमा विभाजित भयो भने बच्चाहरु जुम्ल्याहा हुन्छन तर अण्ड पूर्ण रुपमा विभाजित नभएमा अंग जोडिएका बच्चाहरुको जन्म हुन्छ । 

म्याक्स हस्पिटलको बाल रोग विशेषज्ञ डाक्टर पी धर्मेन्द्रले गोरखपुरमा जन्मिएका बच्चा प्यारासिटिक ट्विन भएको बताएका छन् ।



पूर्ण रुपमा विकसित नभई जन्मिएकाहरुमा अंगहरु जोडिने डाक्टर धर्मेन्द्रले बताए । कन्जाइन्ड ट्वीन समेत हुने गर्छ जसमा बच्चा विकसित त हुन्छन तर उनीहरुको शरीरको अंग जोडिएको हुन्छ । 

यस्ता बच्चाहरुको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । 
 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १३:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया