पुटिनलाई अमेरिकी पत्रकारको प्रश्न– के तपाईं एक हत्यारा हो ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टिभी च्यानल एनबिसी न्युजलाई एक अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा पुटिनले अहिले अमेरिका र रुसबीच सबैभन्दा खराब समय चलिरहेको बताएका छन् ।

जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच भेट वार्ता हुने तय भएको छ । यो भेटवार्ता अगाडि आएको यो अन्तर्वार्ताले विश्व तरंगित भएको छ ।

एनबिसी न्युजले यो अन्तर्वार्ता यी दुई राष्ट्रपतिबीचको भेट अगाडि प्रकाशन गरेको छ । अमेरिकी पत्रकारले अन्तर्वार्तामा पुटिनलाई सोझै सोधेका छन्– के तपाईं एक हत्यारा हो ।

पुटिनले यो प्रश्नको सिधा जवाफ भने दिएका छैनन् । उनले यसलाई टार्दै आफूमाथि बारम्बार यस्तो आक्रमण हुने बताएका छन् ।

अन्तर्वार्तामा पुटिनले अमेरिकी राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलना पनि गरेका छन् । केही महिनाअघि मात्र एक अन्तर्वार्तामा बाइडेनले एक अन्तर्वार्तामा आफूले पुटिनलाई हत्याराका रुपमा लिने गरेको बताएका थिए । एबिसी च्यानलका कार्यक्रम सञ्चालक जर्ज स्टेफनापलससँग चर्चा गर्दै बाइडेनले भनेका थिए, ‘हो, म पुटिनलाई एक हत्यारा मान्छु ।’



रुसले अमेरिकी राष्ट्रपति बाइडेनको यो जवाफलाई निकै गम्भीर रुपमा लिएको थियो । यो अन्तर्वार्तापछि रुसले अमेरिकाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो ।

अनि आफ्नो देशबाट पनि अमेरिकी राजदूतलाई रुसले फिर्ता जान भनेको थियो । तर, अमेरिकी राजदूत जोन सलिभन अहिले पनि रुसमा नै छन् ।



ट्रम्प र बाइडेनको तुलना गर्दै पुटिनले यो अन्तर्वार्तामा बाइडेनलाई शुद्ध राजनीतिज्ञ भनेका छन् भने ट्रम्पलाई रंगारंग चरित्र भएको व्यक्तिका रुपमा लिएका छन् । उनले बाइडेनले सोचेर र सम्झेर कदमहरू चाल्ने तर ट्रम्पले उक्सावटमा नै धेरै काम गरेको बताएका छन् ।

बाइडेन र पुटिनको १६ जुनमा जेनेभामा भेटवार्ता हुँदैछ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ३:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया