युरो कप अन्तर्गत सोमबार हुने खेलमा स्पेनले स्विडेनको सामना गर्दै छ । खेल स्पेनको घरेलु मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे हुने छ ।
उपाधि दाबेदार मानिएको स्पेन घरेलु मैदानको फाइदा उठाउँदै सुखद सुरुवात गर्ने प्रयासमा हुने छ । सर्जियो बुस्केट्सको कप्तानीमा मैदान उत्रिने स्पेनले पछिल्ला ५ खेलमा ३ जित र २ बराबरीको नतिजा निकालेको छ । पछिल्लो समय निकै लयमा देखिएको स्विडेन स्पेन विरुद्धको खेलमा पनि सोही लय कायम राख्ने प्रयासमा हुने छ ।
एन्ड्रियास ग्रान्कविस्टको कप्तानीमा मैदान उत्रिने स्विडेनले पछिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।
हालसम्म यी दुई टिमले १४ खेलमा प्रतिस्पर्धा गर्दा स्पेनले ६, स्विडेनले ३ खेल आफ्नो पक्षमा पर्दा ५ खेल बराबरीमा सकिएको छ । यी दुईले सन् १९५० को विश्वकपमा एक अर्काको सामना गरेका थिए । जसमा स्विडेन ३-१ विजयी भएको थियो ।
स्पेन र स्विडेनले पछिल्लो पटक सन् २०१९ एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए । युरो कप छनोट अन्तर्गत भएको उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
युरो कप अन्तर्गत सोमबार नै हुने अन्य खेलमा स्कटल्यान्डले चेक गणतन्त्र तथा पोल्यान्डले स्लोभाकियाको सामना गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।