विपक्षी गठबन्धनका तीन नेताबीच सोमबार साँझ छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।
छलफल २ घण्टासम्म चलेको र करिब ७ बजेतिर देउवा र प्रचण्ड नेपाल निवासबाट बाहिरिएको देउवानिकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार भेटमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ । ओली विरोधी गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ ।
साथै कर्णालीका सांसदलाई सर्वाेच्च अदालतले गरेको पद बहालीको विषयमा पनि भेटमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।