कर्णाली प्रदेश
नीति तथा कार्यक्रम पास नहुँदै बैठक स्थगित : बजेट अन्योलमा

कर्णाली प्रदेश सरकारको बजेट ल्याउनेबारे अन्योलता देखिएको छ । सोमबार (आज) नीति तथा कार्यक्रम संसदबाट पारित गरेर भोलि (असार) एक गते बजेट ल्याउने तयारी गरे पनि नीति तथा कार्यक्रम पास नहुँदै संसद बैठक स्थगित भएको छ । 

नीति तथा कार्यक्रममा सांसदहरूको टिप्पणी सुन्ने क्रम सकिएपछि अन्तिममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिने र नीति तथा कार्यक्रम पासका लागि भोटिङमा जाने कार्य तालिका रहे पनि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले भोलि अर्थात मंगलबार दिउँसो एक बजे बस्ने बैठकले नीति तथा कार्यक्रम पास गर्ने र दिउँसो चार बजे बस्ने बैठकले बजेट ल्याउने कार्यतालिका रहेको बताए । ‘दलहरूको आग्रहमा बैठक स्थगित भएको छ,’ उनले भने, ‘आजको अन्तिम कार्यतालिका भोलिलाई सरेको छ ।’ 

संविधान अनुसार असार एक गते प्रदेश सरकारले नीति तथा कार्यक्रम अनिवार्य रूपमा ल्याउनुपर्ने हुन्छ । त्योभन्दा अगाडि नै नीति तथा कार्यक्रम पास गरिसक्नुपर्छ । सांसदहरूको जवाफ सकिएपछि १५ मिनेटका लागि रोकिएको बैठक भोलिसम्मका लागि स्थगित हुनुलाई विभिन्न तरिकाले विश्लेषण गर्न थालिएको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १९:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया