३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिनाका धनी जिओनाको मृत्यु

भारतमा विश्वकै सबैभन्दा ठूलो परिवारका अभिभावकको मृत्यु भएको छ । ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिनाका धनी जिओना चानाको आइतबार मृत्यु भएको हो । 

धेरै परिवार सदस्य भएका व्यक्तिका रुपमा चर्चा पाएका जिओना उनको भारतको मिजोरम राज्यमा मृत्यु भएको हो । 

उनको ७६ वर्षको उमेरमा आइतबार मृत्यु भएको बिबिसीमा जनाइएको छ । स्वास्थ्य समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । 

जिओन बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख हुन् । उनको परिवार सय कोठा भएको घरमा बस्ने गर्छ ।

अनौठो खबर प्रसारण गरिने ‘रिप्लिज बिलिभ इट अर नट’ नामको टिभी सोमा यो परिवारलाई दुईपटक देखाइएको थियो । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २०:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया