तीन पूर्वप्रधानमन्त्रीबीच कोटेश्वरमा के-के विषयमा भयो छलफल ?

सोमबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्वरमा तीन पूर्वप्रधानमन्त्रीहरूको छलफल भएको छ । 

नेपाललाई भेट्न देउवा र ‘प्रचण्ड’ उनकै निवास कोटेश्वर पुगेका थिए । देउवाको साथमा कांग्रेस महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पनि नेपाल निवास पुगेका थिए ।  

आजको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि भएको निष्कर्ष निकालिएको छ । 

जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको गठबन्धन भएकाले आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता सबैले जनाएको स्रोतले जानकारी दिएको छ ।

छलफलमा कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय भएको छ ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे बैठकमा छलफल भएको र अदालतको निष्पक्षतामा विश्वास गर्न र अदालतलाई प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ । 



बैठकमा राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आशंका गर्दै निष्पक्ष र समयमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउने सहमति भएको छ । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो र चिन्ता व्यक्त गर्दै बैठकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 



छलफलका विषयहरु 

१. समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा 

२. 'वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ कुरामा पुन:स्पष्टता 

३.आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता

४.कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग

५.अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण

५.राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आशंका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण

६.पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना !

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २०:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया