बर्दियामा थप निषेधाज्ञा जारी
फरकधार / १ असार, २०७८

बर्दियामा थप निषेधाज्ञा जारी गरिएको छ । 



जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप निषेधाज्ञा जारी गरेको हो । डिसिसिएमसीको निर्णयअनुसार असार ७ को मध्यरातसम्म निषेधाज्ञा जारी हुनेछ ।

खाद्यवस्तु, तरकारी, फलफुल, दुग्ध पदार्थ लगायतका अत्यावश्यकका पसल बिहान ७ बजेदेखि २ बजेसम्म खुल्नेछन् ।



बैंक तथा वित्तीय संस्था जनस्वास्थ्य मापदण्ड पालना गरी बिहान १० बजेदेखि २ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । 



औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछ । 
 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १०:७:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया