कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई कर्णालीले एक लाख रुपैयाँ सहयोग गर्ने

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नागरिकका परिवारलाई कर्णाली प्रदेश सरकारले  राहत स्परूप एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषदको बैठकले कोभिडबाट मृत्यु भएका नागरिकलाई राहत स्वरुप एक लाख सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्यान्वयन गर्ने बताएको हो ।

ज्यान गुमाएका नागरिकका परिवारले सहयोग प्राप्त गर्नका लागि मृतककाे कोरोना पोजेटिभ रिपोर्ट, मृतकसँग हकवालाको नाता प्रमाणित प्रतिलिपि, मृत्युदर्ताको प्रमाणपत्र, सामाजिक विकास मन्त्रालयको सिफारिस, स्थानीय तहको सिफारिस, राहत रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपि, बैंक खाता नम्बर सहित मन्त्रालयमा गई निवेदन पेस गर्नु पर्नेछ । 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार ११:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया