कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरूकाे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको छ ।
मंगलबार दिउँसो चार बजे बस्ने बैठकमा प्रदेश सरकारले बजेट प्रस्तुत गर्दैछ ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना सांसदहरूलाई नीति तथा कार्यक्रमको विपक्षीमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर एमालेको माधव नेपाल समूहका सांसदहरूले सहयोग गरे पनि नीति तथा कार्यक्रम सहजै पारित भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।