फिफा वरीयतामा नेपालको ३ स्थान सुधार
फाइल तस्बिर

विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले ३ स्थान सुधार गरेको छ ।

फिफाले जुनमा सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानबाट १६८ औँ स्थानमा उक्लिएको हो ।

सन् २०१८ पछि पहिलोपटक नेपाली टोलीले वरीयता सुधार गरेको हो । सन् २०१८ मा १६१ औँ स्थानमा रहेको नेपाल २०१९ मा १७० र पछिल्लो एक वर्ष देखि १७१ औँ स्थानमा थियो । 

नेपालले भर्खरै इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत बाँकी ३ खेल खेलेको थियो ।

नेपालले इराकसँग ६-२ को पराजय बेहोर्दा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । ऊ जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजित भयो । 

बेल्जियम शीर्ष स्थानमा कायम रहँदा ब्राजिल तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । 



इङ्ल्यान्ड, पोर्चुगल चौथो र पाँचौँ स्थानमा कायम छन् । इटाली एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिँदा स्पेन १ स्थान तल झर्दै सातौं स्थानमा पुगेको छ ।

अर्जेन्टिना, उरुग्वे आठौं र नवौँ स्थानमा यथावत रहँदा कोलम्बिया ५ स्थान सुधार गर्दै शीर्ष १० भित्र अटाएको छ ।



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १५:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया