जनता जोगाऔँ, राजनीति पछि गरौंला : अर्जुन नरसिंह केसी
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् ।

नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पत्ति लगाउनुपर्ने बताएका हुन् । राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हामी सरकारलाई पनि भन्न चाहन्छौँ, अहिले तिमी ठूला-ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । जम्मै भए भरको राष्ट्रिय शक्ति र सम्पत्ति कोभिड महामारीबाट नेपाली जनतालाई मुक्त बनाउन प्रयोग गर । पहिले नेपाली जनता बाँचून्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरौंला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।’

नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया