कर्णाली प्रदेशको बजेट ३६ अर्ब ५४ करोड

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३६ अर्बभन्दा बढी बजेट ल्याएको छ । 

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । 

जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रहेको छ भने चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।
 
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिए पनि अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको भन्दा केही बढी बजेट प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्बभन्दा बढी ल्याएको थियो ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १८:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया