बाँस्कोटाको टिप्पणी : प्रचण्ड र देउवाले कोटेश्वरमा युरिया हालेछन्, सप्रेला वा पहेँलिएला हेर्नु छ

सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा भएको तीन पूर्वप्रधानमन्त्रीको भेटप्रति पूर्वमन्त्री गोकुल बाँस्कोटाले टिप्पणी गरेका छन् । 

बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग गरेको भेटलाई ‘युरिया हालेको’ संज्ञा दिएका हुन् । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड र देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन् । तर, पोटास र फस्फोरस थियो कि थिएन ? अब कस्तो सप्रेला वा थप पहेँलिएला हेर्नु छ !’

 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार २०:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया