नारायणकाजीलाई सूर्य थापाको व्यंग्य : संवैधानिक आयोगले के निर्णय गर्ने हो आफैँ लेखेर दिने कि !

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको भूमिकाप्रति उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन् । 

माओवादी प्रवक्ता श्रेष्ठले मंगलबार ट्विट गर्दै निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरेको आरोप लगाएका थिए ।  

जसपाबारेको पछिल्लो निर्णयबारे टिप्पणी गर्दै उनले संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको बताएका थिए । आयोगले नेकपाबारे यस्तै निर्णय गरिएको भन्दै अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण सो निर्णय पनि भएको बताएका थिए । 

श्रेष्ठको यस्तो टिप्पणीप्रति लक्षित गर्दै थापाले बरु निर्णय–फैसला पनि आफैँले लेखेर अदालत, निर्वाचन आयोगलगायत संवैधानिक आयोगलाई उपलब्ध गराउन सुझाब दिएका छन्।

 ‘अदालत, निर्वाचन आयोगलगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखित रूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन,’ थापाले कमेन्ट गरेका छन्, ‘पार्टी त फरक परिहाल्यो, एउटा सुझाबसम्म दिनु उपयुक्त सम्झेँ।’

 



 



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार २१:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया